काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।
शुक्रवार पाटन उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया (दुवैपक्ष) झिकाउन आदेश दिएका हुन् ।
अर्को पेशी वैशाख ३ गतेलाई तोकिएको छ ।
जिल्ला अदालत काठमार्डौंले उनलाई ८ वर्ष कैदको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।
.jpg)


