काठमाडौंं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरू बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकि छिन् ।
आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौ बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले बेथिति र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सञ्चार मन्त्रालय र मातहतका निकायहरू जोडतोडका साथ लागिपरेको उनीको भनाइ थियो ।
आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको बताउर्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताइन् ।
मन्त्री शर्माले भनिन्,"मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ’, । ‘सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।"
मन्त्री शर्माले माओवादीले नेतृत्व सम्हालेका मन्त्रालयले हरेक पटक कहीँ न कहीँ नेपाली जनताले परिवर्तनको महसुस गर्न पाएको बताइन् ।
.jpg)


