एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगमा पिएसजी विजयी भएको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए'को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दा पिएसजीले पहिलो जित निकालेको हो ।
घरेलु मैदान पार्क डे प्रीन्सेसमा भएको खेलमा स्टार फरवार्ड मेस्सीले पहिलो गोल गरे । पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे । 
प्रतिस्पर्धात्मक खेलमा इन्ड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए । दोस्रो हाफको ७४औं मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए । केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे । एमबाप्पेसग वान टु पास खेल्दै मेस्सीले २० यार्डबाट गोल गरेका थिए । त्यस्तै बार्सीलोनाबाट पिएसजी आएपछि मेस्स्सीले चौथो खेलमा पहिलो गोल हो ।
उक्त जितसँगै पिएसजी समूह 'ए' को शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक छ । पराजित म्यान सिटीको भने २ खेलबाट ३ अंक छ । समूहको अर्को खेलमा क्लब ब्रुगले आर बी लाइपजिगलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । 


