बिहीबार , कार्तिक २० गते २०८३
images
images

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

एक्सप्रेस पाना
चैत्र २७, २०८० मंगलबार
  • 310
    SHARES
  • राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

    images

    मंगलबार राप्रपाको प्रदर्शनमा व्यापक दमन गरिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री लामिछानेको राजीनामा मागेका हुन् । 

    पार्टीको जनप्रदर्शनपछि आयोजित कोणसभामा लिङ्देनले ४० बुँदे मागमा गृहमन्त्रीको राजीनामाको माग थपिएपछि अब ४१ बुँदे भएको घोषणा गरे । 

    images

    लिङ्देनले भने,‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ’ ।