शुक्रबार, भाद्र २६ गते २०८३
images

रोहितको गोल, पर्सिजा बराबरीमा रोकियो

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 233
    SHARES
  • रोहितको गोल, पर्सिजा बराबरीमा रोकियो

    असोज १३ काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले गोल गरे पनि पर्सिजा जाकर्ता बराबरीमा रोकिएको छ । 

    images

    मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिता ताङ्गेराङसग १(१ को बराबर खेल्दै अंक बाढ्न बाध्य भएको हो । 

    सिजनको लागि पहिलो गोल गरेका रोहितले मार्को मोटाको पासमा ३० औं मिनेटमा अग्रता बनाएका थिए । तर, ४२ मिनेटमा इर्श्याद मौलानाले गोल गर्दै पर्सितालाई बराबरीको स्थितिमा ल्याएका थिए । 

    images

    बराबरीसँगै पर्सिजाले ५ खेलबाट ७ अंक बनाएको छ । इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमनपछि पर्सिजाले १ खेलमा मात्रै जित निकालेको छ । अपराजित पर्सिजाले ४ खेल बराबरी खेलेको छ ।

    यो खेलसँगै अब रोहित राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । यतिबेला रोहित सम्मिलित नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्सको मालेमा रहेको छ । नेपालले माल्दिभ्समा ५ देश सम्मिलित साफ च्याच्याम्पियनसिप प्रतियोगिता खेल्नेछ ।