बिहीबार , कार्तिक २० गते २०८३
images
images

ई–सिगरेटलाई पूर्ण प्रतिबन्ध गनुपर्छ :प्रदीप पौडेल

एक्सप्रेस पाना
चैत्र ३०, २०८० शुक्रबार
  • 272
    SHARES
  • ई–सिगरेटलाई पूर्ण प्रतिबन्ध गनुपर्छ :प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ई–सिगरेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताएका छन् । 

    images

    शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई हानि हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ?भनि प्रश्न गरे । 

    उनले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताउदै युवाहरू मद्यपान र धूमपानमा बढी भुलिरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको बताए । 

    images

    उनले भने, "अहिले ई–सिगरेटमा कुरा भएकाले यसलाई आयातमा रोक लगाऔँ । यसलाई पूर्ण प्रतिबन्ध लगाऔँ । यसको हानि थाहा हुँदाहुँदै पनि देशलाई के फाइदा हुन्छ र आयात गर्नुपर्‍यो रु आयात गर्न दिन, निगरानी गर्ने, मूल्य बढाउने छ । प्रतिबन्ध गरौँ ।"

    नेता पौडेलले कानुनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरू समाधान हुने जिकिर गरे