काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।
विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आईतवारबाट सामान निकासी गर्न बन्द गरेका हुन् ।
कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए ।
उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताउदै सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरवाही भएको आरोप लगाए ।
मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौति लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने उनको भनाई छ । व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।
.jpg)


