शुक्रबार, भाद्र २६ गते २०८३
images

पोर्टोमाथि लिभरपुलको सानदार जित

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 479
    SHARES
  • पोर्टोमाथि लिभरपुलको सानदार जित

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (यूइएफए) च्याम्पियन्स लिगमा स्ट्राइकर मोहम्मद सलाह र रोबर्टो फिर्मिनो चम्किँदा लिभरपुलले सानदार जित निकालेको छ । गय राति भएको खेलमा पाहुना टोली लिभरपुलले पोर्चुगलको एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । 

    images

    पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन सलाह र फिर्मिनोले २/२ गोल गर्दा साडिनो मानेले १ गोल थपे । घरेलु टोली पोर्टोको लागि मेहेदी तेरिमीले १ गोल फर्काए । 

    खेलको १८ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । खेलको ४५औं मिनेटमा मानेले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २-० को अग्रता दिलाए । ६०औं मिनेटमा सलाहले दोस्रो तथा टोलीको लागि ३-० को अग्रता बनाए । ७४औं मिनेटमा तेरिमीले गोल गर्दै दूरी ३-१ मा झारे । तर फिर्मिनोले खेलको ७७ र ८१औं मिनेटमा गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाए ।

    images

    Porto Vs Liverpool LIVE: Latest Champions League Updates | QNewsCrunch

    उक्त जितसँगै समूह बीबाट लिभरपुल शीर्ष स्थानमा रहेको छ । दुई खेलबाट शतप्रतिशत जितसहित लिभरपुलको ६ अंक छ । यता पराजित पोर्टोको दुई खेलबाट एक अंक छ । 

    समूह बीको खेलमा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले इटालियन एसी मिलानविरुद्ध रोमाञ्चक पुनरामगन जित निकाल्यो । मिलानमा भएको खेलमा पुनरामगन जित निकाल्ने क्रममा एट्लेटिको मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  

    उक्त जितसँगै एट्लेटिकोले २ खेलबाट ४ अंक बनाएको छ । मिलानले भने खाता खोल्न सकेको छैन ।

    Milan get one less and suffer upset at the end of Atlético de Madrid at San  Siro | Champions League