बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
बैशाख ३, २०८१ सोमबार
  • 280
    SHARES
  • कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दुःख व्यक्त गरेको छ । 

    images

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

    स्वर्गीय न्यौपाने बि.सं २०४९ मा जिल्ला विकास समितिको गोरखाको सभापति भएका थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेका थिए । 

    images

    विस १९९९ वैशाख १३ गते गोरखाको सिरानचोक गाउँपालिका–४ मा जन्मिएका न्यौपानेले प्रजातन्त्र स्थापना र पुनर्स्पनाका क्रममा पटक–पटक हिरासत र जेलजीवन बिताएका थिए । 

    विसं २०१७ मा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा सञ्चालित हरेक आन्दोलन र संघर्षहरुमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    न्यौपानेको निधनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले स्व. न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी संगठन र लोकतन्त्रको पक्षमा निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताए । 

    Baishakh 03, Death of Chandra Prasad Neupane.jpg