काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।
गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा उमेश राज जोशी र अतिरिक्त महानिरीक्षक (एआईजी)मा भिमप्रसाद ढकाललाई बढुवाका लागि सिफारिस गरेको हो ।
एआईजीद्वय मीरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाने भएपछि उक्त स्थानमा जोशी र ढकाललाई बढुवा सिफारिस गरिएको हो।
ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्।
.jpg)


