काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देश तथा विदेशमा हिन्दू धर्मावलम्बी नेपालीहरुले मनाउँदै छन् ।
आजको दिनमा दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइनुका साथै देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरी चैते दशैँ पर्वलाई मनाउने गरिन्छ ।
असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । तर यसपटक भने २०८० सालको चैते दसैँ आज परेको छ ।
चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज वली दिईन्छ ।
.jpg)


