असोज १३ काठमाडौं । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्सविरुद्ध पोखरा राइनोजले पहिला बलिङ गर्ने भएको छ ।
टियु मैदानमा भएको टसमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भिजेको आउटफिल्डको खेल निर्धारित समय भन्दा दुई घण्टा भन्दा ढिला सुरु हुने भएपछि ओभर घटाइएको छ । खेल ७-७ ओभरको हुनेछ ।

