बिहीबार , कार्तिक २० गते २०८३
images
images

रुस–युक्रेन युद्धमा मृत्यु तथा घाइते भएका नेपाली युवाका परिवारहरूले गरे प्रदर्शन

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 315
    SHARES
  • रुस–युक्रेन युद्धमा मृत्यु तथा घाइते भएका नेपाली युवाका परिवारहरूले गरे प्रदर्शन

    काठमाडौं । रुस–युक्रेन युद्धमा मृत्यु तथा घाइते भएका नेपाली युवाका परिवारहरूले बिहीबार सिंहदरबार प्रदर्शन गरेका छन् ।

    images

    युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका हुन् । 


    उनीहरूले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।  उनीहरूले विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।

    images

    रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।