शुक्रबार, भाद्र २६ गते २०८३
images

पोखरालाई ललितपुर प्याट्रियट्सको ५२ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 449
    SHARES
  • पोखरालाई ललितपुर प्याट्रियट्सको ५२ रनको विजयी लक्ष्य

    असोज १३ काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले ५२ रनको लक्ष्य पाएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ढिला गरी सुरु भएको खेल सात ओभरमा छोट्याइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित सात ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको हो । 

    ललितपुरका लागि विकेट किपर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाए । १६ खेल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे । यता, ओशाडा फर्नान्डोले १० रन बनाउँदा नारायण जोशीले ११ रन बनाए । 

    images

    टस जितेर बलिङ गर्ने निर्णय लिएको पोखराका लागि नन्दन यादवले सर्वाधिक तीन विकेट लिए । दुई ओभर बलिङ गरेका यादवले ११ रन खर्चिएका थिए । विक्रम सोबले दुई विकेट लिए । दुई ओभर बलिङ गरेका विक्रमले ११ रन खर्चिएका थिए । यस्तै केश्रीक विलियमले एक विकेट लिएका थिए ।