काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेन छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा÷हिमपातको सम्भावना रहनुका साथै आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरु र बाँकी प्रदेशको थोरै स्थानहरू र बेलुका गण्डकी र लुम्बिनीका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
.jpg)


