शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : पोखराको पहिलो जित, ललितपुर ९ विकेटले पराजित 

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 434
    SHARES
  • इपिएल : पोखराको पहिलो जित, ललितपुर ९ विकेटले पराजित 

    असोज १३ काठमाडौं । पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) टि२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा करिब २ घण्टा ढिला गरि सुरु भएको ७ ओभरको खेलमा ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गर्दै पोखरा शीर्षस्थानमा उक्लिएको हो । 

    ललितपुरले दिएको ५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पोखराले ६ ओभरमा ३ बलमा ९ विकेट गुमाउँदै ५५ रन बनाएको हो ।  पोखराको पहिलो जितमा रिचार्ड लेभीले सर्वाधिक ३८ रन बनाए । यता, रित गौतमले १४ बलमा १२ रन जोडे ।

    images

    ललितपुरका अज्मतुल्लाह ओमार्जाईले एक विकेट लिए । 

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो ।  ललितपुरका लागि विकेट किपर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाए । यता, ओशाडा फर्नान्डोले १० रन बनाउँदा नारायण जोशीले ११ रन बनाए । 

    पोखराको लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । २ ओभर बलिङ गरेका यादवले ११ रन खर्चिएका थिए । यस्तै विक्रम सोबले २ विकेट लिए भने केश्रीक विलियमले १ विकेट लिएका थिए । 

    उक्त जितसँगै पोखराले महत्वपूर्ण २ अंक जोडेको छ । उसको २ खेलबाट ३ अंक रहेको छ र शीर्षस्थानमा समेत उक्लिएको छ ।  यसअघि पोखराले भैरहवासँग वर्षाले खेल प्रभावित हुँदा अंक बाढेको थियो । 

    यता, लतिलपुरको भने यो दोस्रो हार हो । ललितपुर यसअघि उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनसँग पराजित भएको थियो । ललितपुर २ खेलबाट तालिकामा खाता खोल्न नसकेर पुछारमा रहेको छ । 

    आज नै हुने दोस्रो खेलमा भैरहवा र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ ।