काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ।
मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानका साथै लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भुभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
.jpg)


