काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पत्रकारिता पेसामा दुःख भएपनि सम्मानित पेसा भएको बताएकी छन् ।
आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
पत्रकारिता पेसामा लागेका रबि लामिछाने अहिलेका उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको बताउदै पत्रकारितामा दुःख भएपनि सम्मानित पेसा भएको बताइन् ।
मन्त्री चौधरीले भनिन्, "पत्रकारिता पेसामा दुःख चाहिँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाईँहरूकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईँहरू यदि राम्रो ढंगले जाने हो भने यद्यपि केही कुराहरू उहाँको विषयमा उठेको अवस्था छ । यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेसा नराम्रो होइन । त्यसो त यो सम्मानित पेसा हो । गर्नसक्यो भने धेरै राम्रो हुनसक्छ ।"
.jpg)


