काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को जारी बैठक गोदावरीमा अस्वस्थ भएपछि उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलिलाई रूखा, खोकी लागेको बताइएको छ ।
अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । प्रतिनिधि परिषद्को आजको बैठकमा शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।
.jpg)


