काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।
मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए ।
सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।
.jpg)


