बिहीबार , कार्तिक २० गते २०८३
images
images

उपनिर्वाचनमा आज राति १२ बजेदेखि मौन अवधि सुरु प्रचार गर्न नपाइने

एक्सप्रेस पाना
बैशाख १२, २०८१ बुधबार
  • 247
    SHARES
  • उपनिर्वाचनमा आज राति १२ बजेदेखि मौन अवधि सुरु प्रचार गर्न नपाइने

    काठमाडौं । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा इलाम क्षेत्र नं २ र बझाङ–१९१० मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न नपाइने जनाएको छ । 

    images

    बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले निर्वाचन आयोगले प्रचार गर्न नपाइने बताएको हो । 

    निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ । 

    images


    रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभा बझाङमा १(१) मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।