बिहीबार , कार्तिक २० गते २०८३
images
images

कतारका अमिर र प्रधानमन्त्री दहालबीच भेटवार्ता

एक्सप्रेस पाना
बैशाख १२, २०८१ बुधबार
  • 204
    SHARES
  • कतारका अमिर र प्रधानमन्त्री दहालबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

    images

    बुधबार होटेल सोल्टीमामा कतारका अमिर र प्रधानमन्त्री दहालबीच भेटवार्ता भएको हो ।

    भेटवार्ता सकिए लगतै नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू हुँदैछ । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।