बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना

एक्सप्रेस पाना
बैशाख १४, २०८१ शुक्रबार
  • 263
    SHARES
  • मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    शुक्रबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    images

    गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानसँगै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा दिउँसो हावाहुरीको सम्भावना छ।

    आज राति पनि देशभर आंशिक बदलीको अवस्था रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा राति छिटपुटदेखि हल्का वर्षा रहिमपातको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 
     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेकोले यसबाट त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।