बिहीबार , कार्तिक २० गते २०८३
images
images

केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

एक्सप्रेस पाना
बैशाख १६, २०८१ आइतबार
  • 251
    SHARES
  • केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images

    आइतबार बिहान गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम साधारणतया सफा रहेको छ।

    आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    images

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना छ। लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा दिउँसो हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। राति गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


    गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, मधेस र कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। साथै लुम्बिनी  प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।