शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग : युनाइटेड, युभेन्टस, बार्सिलोना र बायर्न पनि प्रतिस्पर्धामा

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 543
    SHARES
  • च्याम्पियन्स लिग : युनाइटेड, युभेन्टस, बार्सिलोना र बायर्न पनि प्रतिस्पर्धामा

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) युरोपियन च्याम्पियन्स लिगमा आज आठ खेलहरू हुँदै छन् । समूह चरणका दोस्रो खेल अन्तर्गत आज १६ वटा टिमहरू प्रतिस्पर्धा गर्दै छन् । आज साविक विजेता चेल्सी र इटालियन क्लब युभेन्टसबीचको भिडन्त हुँदै छ भने म्यानचेस्टर युनाइटेड, बार्सिलोना, बायर्न म्युनिख, लिले जस्ता ठुला टोलीहरु प्रतिस्पर्धामा रहेका छन् । 

    images

    चेल्सी र युभेन्टसबीचको भिडन्त राति १२ः४५ बजे इटालीको टुरिनस्थित युभेन्टसको मैदानमा हुनेछ । समूह ‘एच’मा युभेन्टस र चेल्सी समान तीन–तीन अङ्कका साथ क्रमशः शीर्ष तथा दोस्रो स्थानमा छन् । अब, आजको खेलमा एक–अर्कामाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गर्ने दाउ दुवै टिमको छ । 

    यस्तै, इंग्लिस प्रिमियर लिग फुटबल क्लब युनाइटेडले स्पेनीस ला लिगा फुटबल क्लब भिल्लारियलसँग राति १२ः४५ बजे नै खेल्ने छ । यो खेल इंग्ल्याण्स्थित ओल्ड ट्राफोर्डमा हुनेछ । अङ्कविहीन युनाइटेड समूह ‘एफ’को पुछारमा छ । उसले पहिलो खेलमा योङ्ग ब्वाइजसँग पराजय बेहोरेको थियो । भिल्लारियलसँग भने एक अङ्क छ ।

    images

    आज हुने अन्य खेलहरु नेपाली समयअनुसार 

    अटलान्टा भर्सेस योङ्ग ब्वाइज - (१०ः३०) बजे
    जेनित भर्सेस माल्मो - (१०ः३०) बजे
    वुल्फसबर्ग भर्सेस सेभिल्ला - (१२ः४५) बजे
    आरबी लेइिपज भर्सेस लिले - (१२ः४५) बजे
    बेन्फिका भर्सेस बार्सिलोना  - (१२ः४५) बजे
    बायर्न म्युनिख भर्सेस डायनामो किभ - (१२ः४५) बजे