काठमाडौं । चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
उनको आज दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।
उनको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए ।
नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुको एक छोरी छिन् ।
.jpg)


