बिहीबार , कार्तिक २० गते २०८३
images
images

अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 216
    SHARES
  • अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । 

    images

    विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं बैठकबारे छलफल भएको बताइएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । 

    उपाध्यक्ष मार्टिनले उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी  दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताएका छन् । 

    images

    बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए ।