बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं उपत्यका फेरि विश्वकै पहिलो प्रदूषित सहरमा सूचीकृत

एक्सप्रेस पाना
बैशाख २०, २०८१ बिहीबार
  • 230
    SHARES
  • काठमाडौं उपत्यका फेरि विश्वकै पहिलो प्रदूषित सहरमा सूचीकृत

    काठमाडौं । बिहिबार काठमाडौं उपत्यका फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १६२ पुगेको छ ।

    images

    एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ भने तेस्रोमा इन्डोनेसियाको मेदान सूचीकृत रहेको छ ।

    सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।

    images

    ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिङ्गलले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेंलो सङ्कतले चिनिन्छ । यसैगरी एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ’ । एक सय ५१ देखि दुई सयदेखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र तीन सय एकदेखि चार सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिन्छ ।