सोमबार, कार्तिक १७ गते २०८३
images
images

गोरखामा ९ महिनामा ३६ करोड राजस्व संकलन

एक्सप्रेस पाना
श्रावण २, २०७८ शनिबार
  • 628
    SHARES
  • गोरखामा ९ महिनामा ३६ करोड राजस्व संकलन

     २ श्रावण २०७८, शुक्रबारकरदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०७७/७८ मा ३६ करोड छ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    images

    २०७७ असोज २३ गते कार्यालय स्थापना भएको गोरखामा नौ महिनाको अवधीमा उक्त राजस्व संकलन भएको कार्यालय प्रमुख शुसिलकुमार महताराले बताए ।
    २४ करोड २४ लाख आयकर, १० करोड सात लाख मुल्य अभिवृद्धी कर, एक करोड १० लाख बाहाल कर, ५० लाख ९६ हजार ब्याज कर र १३ लाख ६२ हजार अन्तशुल्क संकलन गरिएको उनले बताए । ‘कार्यालय स्थापना भएको धेरै समय भएको छैन, छोटो अवधीमा जम्मा भएको राजस्व धेरै हो’ कार्यालय प्रमुख महताराले भने ‘सानो जिल्ला भएकाले यहाँ करको दायरा कम छ तर हामीले संकलन गरेको राजस्व सन्तोषजनक छ ।’

    कोरोनाको प्रभावले बजार बन्द हुुँदा पनि ३६करोड भन्दाबढि राजस्व संकलन हुनुलाई सन्तोषजनक मान्न सकिने उनले बताए ।
    जिल्लामा कार्यालय स्थापना भएपछि तीन हजार नौ सय ७६ जना करको दायरामा आएका छन् । करदाता सेवा कार्यालयमा १६ हजार तीन सय ६४ करदाता रहेका छन् । यी मध्ये एक हजार चार सय ७०ब्यक्तिगत प्यान नम्बर लिएरका छन् भने बाँकी ब्यवशायीक छन् ।

    images