काठमाडौं । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।
बिहिबार बसेको कार्यसम्पादन समितिको बैठकले सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो ।
साथै राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ ।
त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।
.jpg)


