काठमाडौं । जापानकी विदेशमन्त्री योको कामिकावा नेपाल भम्रणमा आउने भएकी छन् ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी समकक्षी योको आइतबार नेपाल आउन लागेकी हुन् ।
एक दिने भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
साथै, नेपाली समकक्षी श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने छिन्। योको सोही दिन स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
.jpg)


