एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले भिल्लारियलाई २-१ गोल अन्तरले हराउँदै पहिलो जित निकालेको छ ।
बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णय गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा पाहुना टोली भिल्लारियलले अग्रता बनायो । उसका लागि अल्कासेरले गोल गरि १-० गोलको अग्रता दिलाए ।
१-० गोलले पछि परेको घरेलु टोलीका लागि खेलको ६१औं मिनेटमा एलेक्स टेल्सले गोल गरि १-१ गोलको अबस्थामा पुर्याए । १-१ गोलको बराबरी अबस्थामा अघिबढेको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा रोनाल्डोले गोल गरि युनाइटेडलाई २-१ गोलको रोमाञ्चक जित दिलाए ।

उक्त जित सँगै युनाइटेड २ खेलबाट महत्त्वपूर्ण ३ अंक जोडेको छ । उसले पहिलो खेलमा योङ्ग ब्वाइजसँग पराजय बेहोरेको थियो । यता भिल्लारियलसँग भने १ छ ।
अन्य खेलको नतिजा : अटलान्टा भर्सेस योङ्ग ब्वाइज (१-०) ,जेनित भर्सेस माल्मो (४-०) , वुल्फसबर्ग भर्सेस सेभिल्ला (१-१) , आरबी लेइिपज भर्सेस लिले (२-१) , बेन्फिका भर्सेस बार्सिलोना (३-०) , बायर्न म्युनिख भर्सेस डायनामो किभ (५-०) , युभेन्टस भर्सेस चेल्सी (१-०)


