बिहीबार , कार्तिक २० गते २०८३
images
images

वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्दै

एक्सप्रेस पाना
बैशाख २२, २०८१ शनिबार
  • 207
    SHARES
  • वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्दै

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौँ अर्थात् अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।


    यसैबीच नेपालले अघिल्लो खेलको टोलीमा रहेका दुई खेलाडी परिवर्तन गरेको छ।

    images

    गुल्शन झा र करण केसी आजको खेलमा बेन्चमा छन्। उनीहरूका स्थानमा कमलसिंह ऐरी र ललित राजवंशीलाई ल्याइएको छ। 

    यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ। 

    नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, सोमपाल कामी, अविनाश बोहोरा, प्रतिश जिसी, सन्दीप जोरा, कमलसिंह ऐरी र ललित राजवंशी रहेका छन् ।