काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको आज नेपाल भ्रमणमा आउदै छिन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी आउन लागेकी हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नेछिन्।
विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी सोही दिन काठमाडौंबाट फर्कने मन्त्रालयले जनाएको छ।
.jpg)


