काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोग ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
पटकपटक सुनवाई गर्न नभ्याउने बताउदै आएका कारण आज सुरूमा नै सुनवाई हुने बताइएको छ ।
जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।
सन्दीपले टी २० विश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।
.jpg)


