बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज पनि सुनुवाइ भएन सन्दीप लामिछानेको मुद्दा

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 256
    SHARES
  • आज पनि सुनुवाइ भएन सन्दीप लामिछानेको मुद्दा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । 

    images

    उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि मुख्य न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ नहुने भएको हो।  

    अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । तर, आज पनि मुद्दाको सुनवाइ हुन सकेन । 

    images

    यसअघि मुख्य न्यायाधीश निरौलाकै इजलासले झगडिया झिकाउने आदेश दिएकाले उनले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरिएको हो।