एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस ला लिगा फुटबल क्लब बार्सिनोलानाले लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना पोर्चुगिज फुटबल क्लब बेन्फिकासँग ३-० गोल अन्तरले पराजित भएको हो ।
बेन्फिकाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा डार्विन नुनेजले २ तथा राफा सिल्भाले १ गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थपेको थियो । 
खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
उक्त जितसँगै बेन्फिका समूह ‘ई’ मा २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । यता पराजित बार्सिलोना अंक विहिन हुँदै पुछारमा रहेको छ ।


