बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपालको एकदिने भ्रमण गरेर जापानी विदेशमन्त्री कामीकावा योको स्वदेश प्रस्थान

एक्सप्रेस पाना
बैशाख २४, २०८१ सोमबार
  • 215
    SHARES
  • नेपालको एकदिने  भ्रमण गरेर जापानी विदेशमन्त्री कामीकावा योको स्वदेश प्रस्थान

    काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानी विदेशमन्त्री कामीकावा योको स्वदेश प्रस्थान गरेकी छन् । 

    images

    उनी आइतबार राती स्वदेश फिर्ता भएकी हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् ।

    images

    आइतबार काठमाडौँ आइपुगेकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
    उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । 

    त्यस्तै उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधिमण्डलसँग छलफल समेत गरेकी थिइन् ।