शुक्रबार, भाद्र २६ गते २०८३
images

लेवान्डोस्की चम्किँदा बायर्नको सानदार जित

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 656
    SHARES
  • लेवान्डोस्की चम्किँदा बायर्नको सानदार जित

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा बार्यन म्युनिखले सानदार जित निकालेको छ ।

    images

    बुधबार राति भएको समूह 'ई' को खेलमा बायर्न म्युनिखले ड्यनामो केइभ ५-० को फराकिलो गोल अन्तरले पराजित गरेकाे छ । 

    घरेलु टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्कीले दुई तथा सर्जी जीनाब्री, लिरो साने र इरिक मोटिङले १/१  गोल गरे । पहिलो हाफमा २ गोल गरेको बायर्नले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

    images

    जितसँगै समूह 'ई' मा बायर्न शीर्ष स्थानमा छ । उसको दुई खेलबाट ६ अंक छ । केइभको २ खेलबाट १ अंक रहँदा बार्सीलोना बिना अंक पुछारमा रहेको छ ।