बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक्सप्रेस पाना
बैशाख २५, २०८१ मंगलबार
  • 245
    SHARES
  • मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती र कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

    देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    images

    दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले  त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।