बिहीबार , कार्तिक २० गते २०८३
images
images

संवैधानिक परिषद्मामा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ: रेखा शर्मा

एक्सप्रेस पाना
बैशाख २६, २०८१ बुधबार
  • 248
    SHARES
  • संवैधानिक परिषद्मामा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ: रेखा शर्मा

    काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छन् । 

    images

    बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी हुन् । 

    मन्त्री शर्माले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्षबिनाको निर्णय मनासिब नहुने धारणा राखिन् । 

    images

    मन्त्री शर्माले भनिन्, “प्रधानमन्त्री अहिले हाम्रो भएको हुनाले यो हुनुपर्छ भन्ने खालको कुरा होइन । प्रधानमन्त्री जोसुकै भए पनि जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्रीलाई अथवा कार्यकारी नेतृत्वलाई बलियो बनाउने कुरा नै राम्रो कुरा हो जस्तो लाग्छ । अहिले पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ, त्यसकारण यो हुनुपर्छ भन्ने अर्थ नलागोस् । देशको प्रधानमन्त्री भनेको पद हो । त्यो पद बलियो हुनुपर्छ भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । त्यसकारणले त्यो विषयमा के गर्ने भन्ने गम्भीरतापूर्वक हामी आफूले पनि सोचौँ,”।