काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ।
देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ भनेलकोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। तराईका एकदुई स्थानमा पनि दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था रहने छ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एकदुई स्थानमा राति मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
.jpg)


