काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठको पुस्तक विमोचन गरिएको छ ।
शुक्रबार लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले स्पष्ट बाटो हिँड्ने मान्छे गन्तव्यमा पुग्ने बताउदै उनले भने ‘केहि मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मणबाबु श्रेष्ठ यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उद्देश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’
पुस्तकमा लक्ष्मणबाबुको बाल्यकाल, विद्यार्थी काल, व्यवसायिक जिम्मेवारी र अन्तर्वार्ताहरु समेटिएका छन् ।
१० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारेको यो पुस्तक न्यू नेपाल प्रेसले प्रकाशन गरेको हो भने किताब जात्रा अनलाइनबाट विश्वभर पु¥याउने व्यवस्था गरिएको बताइएको छ। किताब बिक्रीबाट हुने आम्दानी ट्रस्टमार्फत् समाजसेवामा खर्च गरिने योजना रहेको छ ।
उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुका तीन कुरा प्रेरणादायी रहेको बताए । उनले भन,े ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोस्रो, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्’, उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’ ‘सामाजिक–आर्थिक रुपान्तरणमा दूरदृष्टि भएका उनी हाम्रा लागि आर्थिक समृद्धिमा प्रेरणा प्रदान गर्ने व्यक्ति पनि हुन् ।’
.jpg)


