बिहीबार , कार्तिक २० गते २०८३
images
images

रातो मछिन्द्रनाथको रथ यात्रा हिजोबाट सुरू

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 290
    SHARES
  • रातो मछिन्द्रनाथको रथ यात्रा हिजोबाट सुरू

    काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ यात्रा हिजोबाट सुरू भएको छ।

    images

    पुलचोकमा निर्माण गरिएको रथ हिजो बाजागाजासहित गःबहाल पुर्‍याइएको थियो । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो।

    रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ। रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।

    images

    रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र  विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी थिए।

  • सम्बन्धित विषय:

  • # रातो मछिन्द्रनाथ