बिहीबार , कार्तिक २० गते २०८३
images
images

उत्कृष्ट बीमा कम्पनी बन्ने होडमा प्रभु महालक्ष्मी जीवन बिमा

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 310
    SHARES
  • उत्कृष्ट बीमा कम्पनी बन्ने होडमा प्रभु महालक्ष्मी जीवन बिमा

    काठमाडौं । २०४६ सालको राजनैतिक परिर्वतन पछि नेपाल सरकारले आर्थिक उदारिकरणको बाटो रोज्यो । यस पश्चात् विभिन्न जीवन र निर्जीवन बिमा कम्पनीहरु सञ्चालनमा आयो । सन् २०५० देखी २०६५ सम्म सात वटा जीवन बिमा र १३ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा आयो । तत्पश्चात बीमा समितिले नयाँ बीमा कम्पनिको लाइसेन्स वितरणमा रोक लगाएको थियो । तर नेपालमा बीमा क्षेत्रमा देखिएको वृद्धिलाई मध्यनजर गर्दै बीमा समितिले नयाँ बीमा कम्पनीहरु आवश्यक रहेको ठहर गर्दै १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गर्याे । 

    images

    नयाँ जीवन बीमा कम्पनीहरु मध्ये प्रभु महालक्ष्मी जीवन बिमा एउटा अब्बल बीमा कम्पनी बन्ने होडमा छ । मर्जर पश्चात् यस कम्पनी अझ बलियो बन्दै सेवाग्राहिको आवश्यकता परिपूर्ति गर्न सफल भएको छ । प्रभु महालक्ष्मी जीवन बीमाले आफ्नो पुरानो अनुभव र नयाँ कार्यशैली अपनाउदैँ सेवाग्राहिमैत्री सेवा दिन सक्षम रहदैँ आएको छ । 

    प्रभु महालक्ष्मी जीवन बिमाले विभिन्न खालका जीवन बीमा योजनाहरु आफ्ना सेवाग्राही सामु प्रस्तुत गर्न सफल भएको छ । जस्तै अवधी योजना, बालबालीका योजना,र अन्य । यी योजनाहरुले सर्वसाधारणलाई आर्थिक सुरक्षा दिनुका साथसाथै लगानीका अवसरहरु प्रदान गर्दै आएको छ । 

    images

    यस कम्पनीले सर्वसाधारणका आवश्यकता र आकांक्षाहरुलाई मध्यनजर गर्दै उनिहरुसामु उत्कृष्ट सेवा पुर्याउन सफल हुदैँ आएको छ । यस कम्पनीको वितिय अवस्था मजबुत हुनुका साथै विवेकपूर्वक जोखिम व्यवस्थापनका अभ्यासहरुले गर्दा अन्य कम्पनीहरु भन्दा अब्बल र उत्कृष्ट सेवा दिन तत्पर छ । 

    प्रभु महालक्ष्मी जीवन बीमा कम्पनीले नयाँ प्रविधिको प्रयोग गर्दै दैनिक काम कारबाहि दक्षतापुर्वक सम्पन्न गर्दै आएको छ । यस कम्पनीले ग्रहाकको अनुभवलाई सुधार गर्न सुव्यवस्थित ढंगले आफ्ना कार्य प्रक्रियाहरु सन्चालन गर्दै आएको छ । यस कम्पनीले डिजिटल प्लेटफर्म र उपकरणहरुको प्रयोग गरेर ग्राहकहरुलाई आफ्नो बीमाको नीतिहरु व्यवस्थापन गर्न र महत्वपुर्ण जानकारी प्राप्त गर्न सहज बनाएको छ ।

    यसका साथै कम्पनीले देशव्यापीरुपमा आफ्ना शाखाहरु व्यापक रुपमा फैलाउन सफल हुँदै आएको छ । जसका कारण ग्राहक वर्गलाई थप सहजीकरण हुन पुगेको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # प्रभु महालक्ष्मी जीवन बिमा