काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्का दुवै सदनबाट प्रस्तुत गर्दै छन् । सोही सन्दर्भका घिमिरे र दाहालबीच भेटघाट भएको हो ।
भेटमा भोलिको सभालाई सभ्य बनाउने कुराकानी समेत भएको बताइएको छ ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै निरन्तर सदन अवरोध गर्दै आएको छ ।
.jpg)


