शुक्रबार, भाद्र २६ गते २०८३
images

चेल्सीमाथि युभेन्टसको कठिन जित

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 466
    SHARES
  • चेल्सीमाथि युभेन्टसको कठिन जित

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगमा इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्सले साविकको विजेता इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीमाथि कठिन जित निकालेको छ ।

    images

    बुधबार राति युभेन्टसको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली युभेन्टसले पाहुना टोली चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो । दोस्रो हाफको सुरुमा फेडरिको चिइसा गरेको गोल नै निर्णयक गोल बन्यो ।

    खेलको ४६औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल युभेन्टसले जित्यो ।

    images

    उक्त जितसँगै युभेन्ट्स समूह ‘एच’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । यता पराजित चेल्सी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।