काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।
यसअघि पाँचपटक पेसी तोकिएर पनि सुनुवाइ सरिरहेको छ।
गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।
उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। उच्च अदालतमा यसअघि पाँचपटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको छ।
.jpg)


