काठमाडौं । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका आरोपी लागेका जीबी गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ।
प्रहरी प्रधान कार्यालयले जीबीको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र राहदानी विभागलाई पठाइसकिएको बताइएको छ ।
उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भइसकेको छ। तर त्यसपछि पनि उनलाई ल्याउन नसकेपछि प्रहरीले राहदानी नै रद्द गर्न पत्राचार गरेको हो।
यसअघि उनी मलेसियामा रहेको प्रहरीले बताउँदै आएको थियो। तर अहिले उनी मलेपिसयाबाट अर्कै देश पुगेको आशंकामा प्रहरीले राहदानी नै रद्द गरिदिन लागेको हो।
.jpg)


