बिहीबार , कार्तिक २० गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, फैसला भोलि

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 320
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, फैसला भोलि

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

    images


    बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ ।

    न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखे ।

    images